समाजसेवास्थानिय समाचार

केन्द्रीय मानन्धर संघमा नयाँ नेतृत्व

२२ जेठ  २०७९, केके मानन्धर ।

केन्द्रीय मानन्धर संघमा नयाँ नेतृत्व छनोट गरिएको छ । २०१० सालमा स्थापना गरिएको सामुदायिकतर्फ देशकै सबभन्दा जेठो संघले ३०, ३१ र ३२ औं अधिवेशन गरी नयाँ कार्यसमिति बनाएको हो । देशभरका मानन्धरहरूको विभिन्न खलः, पुचः, गुठी, टोल तथा संस्थाबाट प्रतिनिधित्व गराइने संघले १२ जना निर्वाचित र थप दुई जना मनोनित गरी जम्मा १४ जना सदस्यहरु छनोट गरेको छ ।

संघको विधान बमोजिम अधिवेशनबाट निर्वाचित सदस्यहरू मध्येबाट चार वर्षे कार्यकालको लागि उपसभापति, सचिव, कोषाध्यक्ष, सहसचिव दुई र बाँकी सदस्यहरू चयन हुने प्रावधान छ । सभापतिको निर्वाचन भने आगामी अधिवेशनमा हुनेछ ।

वीरगन्जबाट प्रतिनिधित्व गरेका सभापति मनोज मानन्धरको सभापतित्वमा कालिमाटीको लुमन्ति छेँको सभाहलमा सम्पन्न भएको कार्यक्रममा उपसभापति, सचिव र कोषाध्यक्षले वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा वाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री माननीय बसन्त मानन्धर, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव प्रसाद मानन्धर, भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धर, प्रा. डा. भगवान दास मानन्धर, इतिहासकार डा. त्रिरत्न मानन्धर, गोकुल मानन्धर, समुदायभित्रका प्रबुद्ध व्यक्तिहरुको सहभागिता थियो ।

पञ्चकुमारी मानन्धर संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय निर्वाचन समितिले सर्वसम्मत छनोट गरेका सदस्यहरू तपसिल बमोजिम छन् ।
१) तुलसी काजी मानन्धर, साःकोलान भक्तपुर
२) जुजु काजी मानन्धर, श्रीपञ्चमी गुठी कीर्तिपुर
३) गजेन्द्र प्रसाद मानन्धर, धालासिक्व काठमाडौं
४) विजय कुमार मानन्धर, वटु काठमाडौं
५) बद्री नारायण मानन्धर, पाक्व काठमाडौं
६) गजेन्द्र मान मानन्धर, चसाँद्व काठमाडौं
७) प्रकाश बहादुर मानन्धर, भिंद्यःत्वाः काठमाडौं
८) कृष्ण बहादुर मानन्धर, न्हूसाः काठमाडौं
९) राजु मानन्धर, मरूध्वाखा काठमाडौं
१०) राजेन्द्र मानन्धर, मच्छेगाउँ चन्द्रागिरी
११) शैलेन्द्र कुमार मानन्धर, दैसाः काठमाडौं
१२) सुशीला मानन्धर, न्यागःमणि फेदी, जितपुर
१३) कृष्ण काजी मानन्धर, सिवा साय्मि खलः थिमि (मनोनित)
१४) किरण कुमार मानन्धर, लाय्कू साः काठमाडौं (मनोनित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *