कामपा १२ वडामा काँग्रेसका बालकृष्ण महर्जनको प्यानल अत्यधिक बहुमतले विजयी
९ पौष २०७९, काठमाडौं ।
भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिका १२ वडामा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ ।
घोषणा गरिएको निर्वाचन परिणाम अनुसार नेपाली काँग्रेसबाट वडा अध्यक्षमा उम्मेदवारी दिनुभएका बालकृष्ण महर्जनले २१४९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विकास महर्जनले ९९३ मत मात्र प्राप्त गरेका छन् ।

यसैगरी महिला सदस्यमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिनुभएकी नानीहेरा डंगोल २२०३ मतका साथ विजयी भएका छन् भने दलित महिला सदस्यमा मुना गहतराज १७०३ मतका साथ विजयी भएका छन् ।
खुल्ला सदस्य पदमा पुष्परत्न प्रजापतिले १९६२ तथा श्यामकृष्ण खड्गीले १७६७ मत प्राप्त गरी विजयी भएका छन् ।

स्मरण रहोस् २०७४ को स्थानिय चुनावमा काठमाडौं महानगरपालिका १२ वडाबाट विकास डंगोल ८० मतको झिनो मतान्तरमा विजयी भएका थिए । उक्त निर्वाचनमा विकास डंगोलले १६७० मत प्राप्त गरेका थिए भने बालकृष्ण महर्जनले १५९० मत प्राप्त गरेका थिए ।