नेपालभाषासाहित्य

बौद्ध दर्शन सम्बन्धी नेपालभासा कथा प्रतियोगिता हुने

१३ माघ २०७८, काठमाडौं ।

बौद्ध साहित्य प्रवद्र्धन गर्नको लागि लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकाय र मिसा साहित्यकार मुनाको संयुक्त आयोजनामा बाखं धेंधेंबल्लाः कासा (कथा प्रतियोगिता) को आयोजना गरिएको छ ।

प्रतियोगितामा भाग लिने कथामा बौद्धधर्मसँग सम्बन्धित भएको, बुद्ध जीवनी, बौद्ध दर्शन शिक्षा, साहित्य, जातक कथा, बुद्धकालीन घटना, नेवाः बौद्ध जनजीवन, नेवाः बौद्ध संस्कृति र सभ्यता आदि विषयमा केन्द्रीकृत भएको हुनुपर्नेछ ।

प्रतियोगितामा समावेश हुने कथा १०००–१५०० शब्दसम्मका नेपालभासामा लेखिएकोे हुनुपर्ने आयोजकले बताएको छ भने प्रतियोगितामा समावेश हुनको लागि ने.सं. ११४२ चिल्लाथ्वः एकादशि, सोमबार (२०७८ फागुन मसान्त) भित्र misaasaahityakaar@gmail.com मा पठाइसक्नुपर्नेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु. ५०००, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः ४०००, ३०००, २००० प्रदान गरिनेछ भने पाँचौ पुरस्कार रु.१००० दशजनालाई प्रदान गरिनेछ । साथै प्रतियोगितामा समावेश भएका कथाहरुमध्ये स्तरीय कथा छनौट गरी पुस्तक पनि प्रकाशन गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *