नेकपा एमाले १५ वडा कमिटीले समावेशी रूपमा अधिबेशन प्रतिनिधि चयन
२१ पुष २०७८ ।
उद्धव खड्गी, काठमाडौं ।
नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको छैठौं अधिवेसनका लागि नेकपा एमाले १५ वडा कमिटीको तर्फबाट सर्बसम्मत रूपमा प्रतिनिधिहरू धावा रुम्बा, सीता लामा, लक्ष्मण शाही र निसार उद्दिनलाई चयन गरिएको छ ।
मुस्लिम समुदायको प्रतिनिधित्व गर्नुका साथै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्यबाट अवकाश प्राप्त गर्ने क्रममा रहेका पार्टीमा सक्रिय निसार उद्दिनलाई कमिटी बिहिन नहुने गरि आफ्नै भूगोलमा स्थान कायम गर्ने गरि प्रतिनिधि चयन गरिएको हो । युवा बर्गको प्रतिनिधित्व गरेका तथा नेकपा एमाले १५ वडा कमिटीका लागि थुप्रै योगदान दिनुका साथै विगतमा नेकपा एमाले काठमाडौं महानगर कमिटीका कानुन बिभागका प्रमुखको भूमिका समेत निर्वाह गरेका लक्ष्मण शाहीलाई प्रतिनिधि चयन गरिएको हो । जनजातीको प्रतिनिधित्व गर्ने गरि र नेकपा एमाले १५ वडा कमिटीलाई एकदमै चलाएमान राख्दै अगाडि बढेका धावा रुम्बालाई प्रतिनिधि चयन गरिएको हो । तेस्तै गरि महिलाको प्रतिनिधित्व गर्दै विगत लामो समयदेखि नेकपा एमाले १५ वडा कमिटीमा आबद्ध रहि पार्टीका लागि थुप्रै योगदान दिनुहुने तथा अखिल नेपाल महिला संघ जिल्ला कमिटीमा समेत आवद्ध रहनु भएका सीता लामालाई उहाँको योगदानको कदर गर्दै प्रतिनिधि चयन गरिएको हो ।

यसप्रकार नेकपा एमाले १५ वडा कमिटीले समावेशी रूपमा अधिबेशन प्रतिनिधि चयन गरेको छ ।