खेल

दोश्रो मेयर कप तेक्वान्दो प्रतियोगितामा सम्पन्न, काठमाडौं टिम च्याम्पियन

६ पौष २०७८, काठमाडौं ।

जैसिदेवल युथ क्लबद्वारा आयोजित दोश्रो प्रदेश स्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता हिजो सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा काठमाडौँ महानगरपालिका ६ स्वर्ण, ५ रजत र १ कांस्य पदकसहित दोस्रो प्रदेश स्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिताको टिम च्याम्पियन बनेको छ ।

उक्त प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ४ कांस्य पदक जितेको पनौती नगरपालिका दोस्रो भयो भने तेस्रो स्थानको गोदावरी नगरपालिकाले ३ स्वर्ण र ३ कांस्य पदक सहित तेस्रो भए ।

प्रतियोगिताको ग्योरोगीतर्फ पुरुषमा आयोजक ’ए’ का राहुल लिम्बू तथा महिलामा कागेश्वरी मनोहरा नगरपालिकाकी अनुज्ञा सापकोटा उत्कृष्ट खेलाडी घोषित भए ।

काठमाडौँ महानगरपालिकाको मुख्य प्रायोजनमा सम्पन्न भएको साे प्रतियोगितामा पुम्सेको पुरुषमा श्रृजल श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिनुभयो । पुम्सेमै पेयर विधामा स्वर्ण जितेका नागार्जुन नगरपालिकाका आशिष श्रेष्ठ र मोनिका मगर संयुक्त रूपमा उत्कृष्ट खेलाडी घोषित हुनुभयो । काठमाडौँका गौरव रजक उत्कृष्ट प्रशिक्षक बन्नुभयो । निर्णायकको पुरुषमा कागेश्वरीका भीम तुम्बापो र महिलामा काठमाडौँकी वन्दना राई उत्कृष्ट ठहरिनुभयो ।

विजेता खेलाडीहरुलाई मेयर विद्यासुन्दर शाक्य, आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिलगायतले एक कार्यक्रमबीच पदक, प्रमाणपत्र र नगद पुरस्कार हस्तान्तरण गर्नुभयो ।

क्लबका सदस्य एवं प्रतियोगिता प्रचार प्रसार कमिटिका संयोजक राजेन्द्र मानन्धरले प्रतियोगितामा आयोजक टिमका खेलाडीहरुले २ स्वर्ण, १ रजत र ४ काँस्य पदक हासिल गरेकोे बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *