मेयर कप तेक्वान्दो प्रतियोगितामा पुम्से तर्फको प्रतियोगिता सम्पन्न
५ पौष २०७८, काठमाडौं ।
जैशिदेवल युथ क्लबको आयोजनामा दोश्रो प्रदेशस्तरिय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता गत पौष ३ गतेदेखि दशरथ रंगशालाको कभर्ड हलमा भैरहेको छ ।

हिजो ४ गते केही खेलहरु सम्पन्न भएका थिए भने आज सम्पूर्ण खेलहरु खेलाइने आयोजकले जनाएको छ ।
सम्पन्न भएका खेलहरु मध्ये पुम्से तर्फको नगद पुरस्कार तथा पदक हिजै वितरण गरिएको थियो ।
अतिथिहरू नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष सुनिल श्रेष्ठ, नागार्जुन न.पा. वडा नं. ६ का अध्यक्ष राजेन्द्र बुढाथोकीले विजयी खेलाडीहरुलाई पुरस्कार तथा पदक वितरण गरिएको थियो ।
हिजाे सम्पन्न पुरुष पुम्सेमा गोदावरी न.पा.का श्रृजल श्रेष्ठ प्रथम, नागार्जुन न.पा.का आशिष श्रेष्ठ दाेश्राे र तारकेश्वर न.पा.का आदर्श तामाङ्ग तथा कागेश्वरी न.पा.का भिजन तामाङ्ग तृतीय भएका थिए भने महिला पुम्सेमा कागेश्वरी न.पा.का सन्ध्या लामा प्रथम, नागार्जुन न.पा.का मनिका मगर दाेश्राे र तारकेश्वर न.पा.का सेरिना तामाङ्ग तथा गोदावरी न.पा.का रोशनी सिवाल तृतीय भएका थिए । त्यस्तै युगल पुम्सेमा नागार्जुन न.पा.का आशिष श्रेष्ठ र मोनिका मगर प्रथम, कागेश्वरी न.पा.का सन्ध्या लामा र महेश आङ्गथुपा दोश्रो तथा तारकेश्वर न.पा.का अनुभव थिंग र श्रृजना तामाङ्ग एवं चन्द्रागिरी न.पा.का शुभाष शाही र जेशिका श्रेष्ठ तृतीय भएका थिए ।
