समाजसेवास्थानिय समाचार

नेवाः जातीय महासंघको अवधारणा पत्र सार्वजनिक

१५ कार्तिक २०७८, काठमाडौं ।

नेवाः जातीय महासंघको आयोजनामा गत शनिबार काठमाडौंमा एक वृहत छलफल कार्यक्रम सम्पन्न भएको छ ।

महासंघका अध्यक्ष मनोज नेवाः खड्गीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विभिन्न खलःपुचबाट सहभागिता रहेको थियो ।

कार्यक्रममा अध्यक्ष खड्गीले “जातीय खलःपुचःया एकताया महत्व व थौंया दिनय् थुकिया आवश्यकता” सम्बन्धमा महासंघको अवधारणा पत्र सार्वजनिक गर्दै निकट भविष्यमै वृहत गोष्ठीको आयोजना गरिने जानकारी दिए ।

कार्यक्रममा सामाजिक अभियन्ता प्रेम राज बासुकलाले नेवाः सभ्यता, नेवाः संस्कृति, नेवाः पहिचानलाई निरन्तरता दिनको लागि हाम्रो जग्गा जमिन बेचबिखन नगरौंं, यदि त्यस्तो अवस्था आएमा आफन्त, टोलका दाजुभाइ वा एक नेवाःसँगै मात्र गरौं भन्ने अभियानमा विगत ४० वर्षदेखि लाग्दै आएको अनुभव बताउँदै हामी नेवाः जात्रा, पर्व, गुथि, भोजमा मात्र रमाएर नबसी राजनीतिमा पनि सक्रिय रुपमा लाग्न अनुरोध गरे ।

कार्यक्रममा उपस्थित व्यक्तित्वहरुले नेवाः जातीको उत्थानका विषयमा पनि आ–आफ्नो विचार राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *