स्थानिय समाचारस्वास्थ्य

छत्रपाटीमा अत्याधुनिक प्याथोलोजी ल्याव

१४ कार्तिक २०७८, काठमाडाैं ।

बिरामीहरुको उच्चतम सुविधालाई तथा उचित स्वास्थ उपचारमा सहयोग पुग्ने उद्देश्यका साथ छत्रपाटी निःशुल्क चिकित्सालयले अत्याधुनिक प्याथोलोजी ल्यावको सुविधा थप गरेको छ । शनिबार एक औपचारिक कार्यक्रमका बीच बागमती प्रदेश सभाका सभासद वसन्त मानन्धरज्युले उक्त ल्यावको समुद्घाटन गर्नुभएको छ ।

यस प्याथोलोजी ल्यावले अव विरामीहरुको रिपोर्ट मोबाइलमा पाउने सुविधा पनि थप भएको छ । बागमती प्रदेश सभाका सभासद वसन्त मानन्धरज्युको प्रदेश पूर्वाधार बिकास कार्यक्रमको कोषबाट प्राप्त ५० लाख सहयोगबाट अत्याधुनिक ल्याबको सुविधा थप गरेको हो ।

५० लाखको सहयोग गरेकाले स्थानीयले धन्यवाद दिदैं गर्दा यो जनताले तिरेको करबाट प्राप्तभएको रकम जनताको सेवामा विनियोजित गर्ने माध्यम मात्र भएको बताउनु हुदैँ सकेसम्म आगामी दिनहरुमा स्वास्थ क्षेत्रमा थप बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

डेगुंदेखि विश्व व्यापी फैलिएको कोभिडको उपचारमा यस चिकित्सालयको महत्वपूर्ण भूमिका खेलेको बताउनु हुदैँ कोभिड विरुद्धका खोप सर्वसाधारणहरुमा सहज रुपमा पु-याइरहेको चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले बताउनु भयो । निम्न आय भएका नागरिकहरुका लागि स्वास्थ्य क्षेत्रमा राज्यबाट संचालित मूख्यमन्त्री स्वास्थ्य कार्यक्रम चिकित्सालयबाट पनि संचालन गर्न इच्छुक भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *