जात्रा पर्वसंस्कृति

श्री पचली भैरव जात्रा शुरु, गुथियारको घरबाट पुं (चित्रकार)को घरमा पु-याइयो

२२ असाेज, २०७८, काठमाडौं ।

हिजो काैलाथ्व पारूबाट श्री पचली भैरवको जात्रा शुरु भएको छ । ज्याबहाल स्थित गुथियारको घरमा विहानैदेखि शुरु भएको विशेष पूजा आजा पश्चात बाजागाजा सहित श्री पचली भैरवलाई कोहिती स्थित चित्रकारको घरमा पु-याइएको छ ।

 फाेटाे © कृतन मंगल जाेशी

काेहितीमा चित्रकारले श्री पचली भैरवलाई “लँपु छायेगु” (रंगराेगन) कार्य सम्पन्न भएपश्चात् चौथीको दिन थकु जुजुको निवास भिमसेनस्थानमा लगिन्छ र त्यहाँ थकु जुजुबाट पूजा आजा पश्चात् टेकू स्थित पचली भैरव पिथमा विराजमान गराइन्छ ।

फाेटाे © कृतन मंगल जाेशी

पञ्चमीको दिन जात्रा गरी देश परिक्रमा पश्चात अर्को गुथियारको घरमा भित्र्याए पछि जात्रा समाप्त हुन्छ ।

यस विचमा गुथियार एवं अन्य भक्तजनहरुद्वारा विभिन्न धार्मिक क्रियाकलापहरु पनि सम्पन्न हुने हुन्छ ।

जात्राकाे क्रममा तल्लाे टाेल स्थित युतुननी त्वाःखलःकाे धिमे बाजाकाे पनि सक्रिय सहभागिता रहेकाे थियाे ।

फाेटाे © कृतन मंगल जाेशी

फाेटाे © कृतन मंगल जाेशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *