खेल

कुश्तीका खेलाडीहरू नर्वे प्रस्थान

१४ असाेज २०७८ ।
काठमाडाैं ।

आज नेपाल ओलम्पिक कमिटीको भवनमा नेपाल कुश्ती संघका दुई खेलाडी एक प्रशिक्षक र खेल व्यवस्थापकलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठज्युबाट विदाई कार्यक्रम सम्पन्न भयो ।

अक्टोवर २ देखि १० सम्म हुनलागेको नर्वेको ओस्लोमा Senior World Wrestling Championship 2021 मा भाग लीन नेपाल कुस्ती सघंको महासचिव साहिल अन्सारीको नेत्रित्वमा नेपाल कुस्ती सघंका दुइ जना खेलाडि (सुमिर कुमार साह र सुरेश चुनारा) र प्रशिक्षक धरमराज यादव सहभागिता जनाउने, सुमिर कुमार साहले ९७ र सुरेश चुनाराले ७४ केजी तौलमा भाग लिन्छन्।

यस कार्यक्रममा नेपाल मुस्लीम आयोगका अध्यक्ष तथा नेपाल कुश्ती संघका उपाध्यक्ष माननीय समिम मियाँ अन्सारी, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, उपाध्यक्ष अशोक बज्राचार्य, महासचिव निलेन्द्र राज श्रेष्ठ, सचिव रामजी बहादुर श्रेष्ठ तथा सदस्यहरु राम अवाले र रमेश प्रसाद शिवाकोटी समेतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *