सम्पदास्थानिय समाचार

रुद्र बिनायक (नायखिं गणेद्यः) को मूर्ति स्थापना

काठमाडौं, २५ भाद्र २०७८ ।

रुद्र बिनायक (नायखिं गणेद्यः) गुथिद्वारा आज टेकू, खोल्चापाखामा रुद्र बिनायक (नायखिं गणेद्यः) को प्रस्तर मूर्ति स्थापना गरिएको छ ।

आजै तान्त्रिक पूजाद्वारा उक्त मूर्तिमा प्राण प्रतिष्ठा गरियो भने मूर्तिको अनावरण थकु जुजु लगायत पचली भैरव आजुद्यःका थकाली देवगणहरुले गरेका थिए ।

यस अघि आज बिहानै टेकू पचली स्थित सिकाली शक्तिपिठबाट श्री गणेशको मूर्तिलाई बाजागाजा सहित खोल्चापाखा ल्याईएको थियो ।

रुद्र बिनायक (नायखिं गणेद्य) जात्रा व्यवस्थापन समितिका अध्यक्ष त्रिरत्न खड्गीका अनुसार सो मूर्ति स्थापना, मन्दिर निर्माण तथा स्थान व्यवस्थापनको लागि आवश्यक भौतिक तथा आर्थिक सहयोग गुथि खलःका सदस्यहरु लगायत श्रद्धालु भक्तजनहरुले गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *