राष्ट्रिय समाचारशिक्षास्वास्थ्य

शैक्षिकसत्र असारमा, सबै शिक्षक र कर्मचारीलाई खोपको व्यवस्था गर्न मन्त्रालयको तदारुकता

काठमाडौं, २४ जेठ २०७८ ।

शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालय अन्तर्गत आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । मन्त्री श्रेष्ठले तत्काल देखिनेगरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई निर्देशन दिनुभएको छ ।

बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयन गर्न कार्यबिधी योजना तयार गर्न ढिला गर्न नहुने बताउदै मन्त्री श्रेष्ठले साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्ने विषयमा अघि बढ्नुस ।

उहाँले बजेटको विषयमा कुनै कसर बाँकी राख्नु हुँदैन कार्यान्वयन हुनेगरी काम अघि बढाउन र वैकल्पिक विधि प्रयोग गरी असार १ गतेबाट कक्षा सञ्चालन गर्न आग्रह गर्दै असार १ गतेबाट भर्ना प्रकृया शुरु गरी त्यसको निम्ति सबै कार्यक्रम कार्यान्वयन गर्नु अनुरोध गर्नुभयोे ।

बैठकमा मन्त्री श्रेष्ठले सबै शिक्षक र कर्मचारीलाई को्रोना विरुद्धको खोप उपलब्ध गराउन स्वाथ्य मन्त्रालयलाई पुनः आग्रह गर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले मन्त्रालयका अधिकारीलाई निर्देशन दिदै करिब एक महिना अघि तत्कालिन स्वाथ्य मन्त्री हृदयश त्रिपाठी समक्ष अग्रपंतीमा खटिने शिक्षकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन आग्रह सहितको पत्र दिएको थियो । सो पत्र कार्यान्वयन गर्न पुनः मन्त्रालयलाई आग्रह गर्दै पत्र पठाउन मन्त्री श्रेष्ठले निर्देशन दिनुभएको छ ।

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाई कार्यबिधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने बताउनुभयो । उहाले मन्त्रालयले साउन १ गतेबाट बजेट कार्यन्वयनमा लैजान सबै प्रकृया अघि बढाइएको जानकारी गराउँदै बजेट तत्काल कार्यान्वयन गर्नु पर्नेमा जोड दिनुभयो ।

छलफल कार्यक्रममा बजेट तथा योजना महाशाखाका सहसचिव डा. तुल्सी थपलियाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न तत्काल कार्यविधि निर्माण गर्ने र आगामी आर्थिक वर्षको बजेटमा देशभरका १ हजार ५ सय विद्यालय र क्याम्पस पुनःनिर्माण हुने बताउँदै त्यसको लागि योजना निर्माण भैरहेको जानकारी गराउनुभयो ।

उहाका अनुसार विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने, सहुलियत दरमा २५ लाखसम्म ऋण दिने, कक्षा ९ सम्म रंगिन पाठ्यपुस्तक उपलब्ध गराउने लगायतका महत्वपुर्ण योजना कार्यन्वयन गर्न मन्त्रालयले योजना तयारी गरिरहेको बताउनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले केही दिनपछि बोर्डको बैठक बसेर एसईई परीक्षाको मिति तय गरिने बताउँदै गत वर्षकै आधारमा एसइईईको परीक्षाफल प्रकाशित गर्नेछौ ।

सचिव थपलियाले बजेटमा उल्लेख भए अनुसार करिब १३ हजार विद्यालयमा स्काउट निर्माण गर्ने, विद्यार्थीलाई खेलकूद गतिविधिमा अघि बढाउने विषलाई लागू गरिने जानकारी दिनुभयो ।

बैठकमा जनक शिक्षा सामाग्री संस्थान लिमिटेडका प्रबन्ध निर्देशक अनिल कुमार झाले शैक्षिक सत्र अगाबै पुस्तक ढुवानी खुला गर्न आग्रह गर्नुभयो ।

शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले असार १ गतेबाट भर्ना प्रकृया अघि बढाउने, शैक्षिकसत्र अगाबै सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तथक पुर्याउने व्यवस्था गर्ने प्रकृया अघि बढाउनुपर्ने बताउनुभयो ।

बैठकमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बजेटमा उल्लेख भएको विषय कार्यान्वयन गर्ने विषयमा मन्त्रालयले कार्ययोजना निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले मन्त्रालयले सबै निकायको सहयोगमा बजेट कार्यान्वयन गर्न योजना तयार पार्नुपर्ने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *