महानगर समाचारस्वास्थ्य

छत्रपाटी निःशुल्क चिकित्सालयले ३५ वेडको विशेष कोभिड अस्पताल आजबाट संचालनमा ल्याउँदै

काठमाडौं, १२ जेष्ठ २०७८ ।

काठमाडौं महानगरपालिकाको सहयोगमा छत्रपाटी निःशुल्क चिकित्सालयले ३५ वेडको विशेष कोभिड अस्पताल सहरी विकास राज्यमन्त्री रामबीर मानन्धर तथा कामपाका प्रमुख विद्यासुन्दर शाक्यबाट संयुक्त रुपमा आज उद्घाटन गरि संचालनमा ल्याएको छ ।


कोभिड संक्रमणका रोगीहरुको सरल उपचारको वातावरण बनाउनको निमित कामपाले सरकारी तथा सामुदायिक अस्पतालसँग सहकार्य गरेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

जनताको जीवन रक्षा गर्न आवश्यक सबै कार्यमा प्राथमिकता दिदैँ आएको बताउदैं अस्पतालको क्षमता बढाउने तथा संक्रमण दर घटाउने कार्यलाई सँगसँगै लैजान सके मात्र कोविडलाई नियन्त्रणमा लिन सक्ने भन्दै सबैलाई सजग रहनका लागि पनि आग्रह गर्दै प्रमुख शाक्यले सबै मिलेर अगाडि बढ्नु बाहेक विकल्प नभएको बताए ।


अस्पतालका निर्देशक डा. प्रेमलकुमार जोशीले अस्पतालमा ७ आइसीयू, ४ भेन्टिलेटर, ६ एचडीयू सहित ३५ वेडको कोविड अस्पताल सञ्चालन हुने जानकारी दिए ।

यस कोभिड अस्पतालको पूर्वाधार सुधारका लागि एकमुष्ट ३० लाख ३४ हजार ७ सय रुपैयाँ तथा मासिक संचालन खर्च ४८ लाख १६ हजार सहयोग गर्ने भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *