स्थानिय समाचार

१५ वडा युवासंघद्वारा राहत वितरण शुरु

११ जेष्ठ २०७८ ।
उद्धब शाही, काठमाडौं ।

राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले नयाँ भेरियन्टको कोभिड संक्रमणको कारण देशमा गरिएको लकडाउनले गर्दा उत्पन्न विषम परस्थितिमा भोकले कोही मान्छे बस्न नपरोस् भनेर १५ वडा भित्र बसोबास गर्ने एकदमै निमुखा परिवारहरुलाई राहत बाँड्ने कार्य हिजोबाट सुरु गरिएको छ ।

हातमुख जोड्न गाह्रो भएको खबर प्राप्त हुना साथ महानगर १५ का युवाहरुले त्यस्ता परिवारहरुलाई राहत उपलब्ध गराइएको हो ।

यस्तो विषम परस्थितिमा मानिसहरु कोभिड–१९ सँग लडिरहेको त छँदैछ तर भोकसँग कोहि पनि लड्न नपरोस् भनेर १५ वडा कमिटीले उक्त कार्यक्रम शुरु गरिएको हो ।

उक्त कार्यक्रम लकडाउन अबधि भरी निरन्तर चलिरहने जानकारी गराउदै मानव जीवन रक्षाको लागि सहयोग गर्ने दाताहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुका साथै सहयोग गर्न इच्छुक दाताहरुलाई सहयोग गरिदिनु हुन पनि हार्दिक अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *