संस्कृति

रातो मत्स्येन्द्रनाथको रथयात्रा भोलि

ललितपुर, ३१ बैशाख २०७८ ।

वर्षा र सहकालका देवता बुंगद्यः (श्री रातो मत्स्येन्द्रनाथ) को रथयात्रा भोलि जेष्ठ १ गते हुने निश्चित भएको छ ।

ललितपुरका २१ खलःपुचःको संयुक्त बैठक पश्चात प्रेषित प्रेस वक्तव्यमा उक्त जानकारी दिइएको हो ।

रथारोहण गरिएको चौथो दिन अर्थात ११४१ बछलाथ्व तृतीया (२०७८ जेष्ठ १ गते) का दिन श्री राताे मत्स्येन्द्रनाथकाे रथ पुल्चोकको मण्ड फल्चा (सोह्रखुट्टे पाटी) सम्म तान्ने निर्णय गरिएको छ ।

फाइल फोटो
फाइल फोटो

विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरसको संक्रमणलाई मध्यनजर गरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई वर्षा र सहकालका देवता श्री रातो मत्स्येन्द्रनाथको जात्रालाई सुव्यवस्थित रुपमा सम्पन्न गर्न माननीयज्यूहरु, ललितपुर महानगरपालिका, सुरक्षा निकाय, जातिय खलःपुचः ज्योतिष, पानेजु, बाराही, ञःबा, घःकू लगायतको उपस्थितिमा उक्त निर्णय गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *