स्थानिय समाचार

जेष्ठ नागरिक एवं विद्यार्थीहरुलाई ताम्रकार समाजको सम्मान

ललितपुर, ६ बैशाख २०७८ ।

ताम्रकार समाजको स्वर्ण जयन्तीको अवसरमा जेष्ठ नागरिक एवं शैक्षिक सम्मान कार्यक्रम हिजो यहाँ भव्य रुपमा सम्पन्न भयो ।

नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्रकारले आफ्नो भनाई राख्ने क्रममा आफ्नो मातृभाषाको रक्षा गर्न सक्नुपर्ने बताउँदै नेवाःहरुको मुद्दा तथा आन्दोलनमा ताम्रकार समूदायको योगदान उच्च रहेको भन्दै प्रशंशा गरे ।

ताम्रकार समाजको जेष्ठ नागरिक सम्मान उपसमिति र शिक्षा उपसमितिबाट आयोजना गरिएको सो कार्यक्रममा समाजका अध्यक्ष रविन्द्र राज ताम्रकारले कोरोना भाइरसका कारण समाजबाट स्वर्ण जयन्तीको अवसरमा निर्धारित कार्यक्रमहरु गर्न नसकिरहेको बताउँदै अग्रजहरुको त्याग, परिश्रम र मिहिनेतकै कारण समाजले आफ्नो स्वर्ण जयन्ती मनाउन सफल भएको र भाषा, कला, संस्कृति सम्पदा संरक्षण सम्बद्र्धनमा ताम्रकार समाज सदा लागी परेको बताए ।

सो कार्यक्रममा ताम्रकार समाजबाट ज्या जंक्वः (७८ वर्ष) पूरा गरेका करिब ३५ जेष्ठ नागरिकहरुलाई देय् दबूका अध्यक्ष एवं समाजका अध्यक्षले दोसल्ला ओढाई विशेष सम्मान गरीएको थियो भने एस.ई.ई, उच्च मावि, स्नातक, स्नातकोत्तर तह उतीर्ण गर्नुहुने करीब १२५ विद्यार्थीहरुलाई समाजका पूर्व अध्यक्षहरु धर्मकृष्ण ताम्रकार, श्याम गोविन्द ताम्रकार, निवर्तमान अध्यक्ष अच्युत कृष्ण ताम्रकार तथा अध्यक्ष रविन्द्र राज ताम्रकारले ट्रफी, कदर पत्र एवं नगद पुरस्कारबाट सम्मान गरीएको थियो ।

सो अवसरमा शिक्षा उपसमितिका संयोजक प्रवल ताम्रकार, जेष्ठ नागरिक सम्मान उपसमितिका सदस्य रसन्तलाल ताम्रकारले आफ्नो मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *