खेलस्थानिय समाचार

मञ्जुश्री खेल मैदान तथा पार्कको समुदघाटन सम्पन्न

काठमाडाैं, ५ बैशाख २०७८ ।

काठमाडौं महानगरपालिका वडा नं. १५ स्वयम्भू स्थित मञ्जुश्री खेल मैदान तथा पार्कको समुदघाटन प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठज्यूले गर्नुभयो ।

स्थानीय जनसमुदायको माग अनुसार निर्माण कार्यको लागि काठमाडौं क्षेत्र नं. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत उक्त खेलमैदान तथा पार्ककाे लागि बजेट बिनियोजन गरिएको थियो ।

मञ्जुश्री खेल मैदान समितिका अध्यक्ष श्याम प्रधानको सभापतित्वमा सम्पन्न साे समुद्घाटन कार्यक्रममा कामपा १५ वडा अध्यक्ष तथा काठमाडौं महानगरपालिका प्रबक्ता ईश्वरमान डगोल, कामपा १५वडा सदस्यहरु, महानगरीय प्रहरी वृत्तका प्रमुख प्रनाउ निरञ्जन दत्त भट्ट, कामपा १५ वडा समुदाय प्रहरीका सचिब राजा शाक्य, समाजसेवीहरु, समितिका पदाधिकारीहरु र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियोे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *