मनाेरञ्जन

सुशिल र अगिनाको स्वर रहेकाे २ गितको म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं, चैत्र ९ २०७७ ।

सुशिल शाही र अगिना तण्डुकार शाहीको सुमधुर स्वरले सजिएको नेपालभाषाको “माया रे रत्न” र नेपाली भाषाको “आँखा लाग्यो निरमाया”को म्यूजिक भिडियो आज एक कार्यक्रम बिच सार्वजनिक गरियो ।

नेपालभाषाका ख्यातिप्राप्त गायक जुजुकाजी रंजितको प्रमुख आतिथ्यतामा सो म्यूजिक भिडियोहरु सार्वजनिक गरिएको हो ।

प्रमुख अतिथि रंजितले नेपालभाषा गित संगीत क्षेत्रमा नयाँ पुस्ताका संगीत साधकहरुको जन्म भएकोमा खुशी व्यक्त गर्दै सफलताको शुभकामना दिनु भयो ।

विशेष अतिथि सिने पत्रकार विजयरत्न असंबरेले धेरै नै उत्कृष्ट म्यूजिक भिडियो तयार भएकोमा सम्पूर्ण टिमलाई बधाई दिनुभयो ।

रामकृष्ण खड्गीको शब्द र संगीत रहेको “माया रे रत्न” को म्यूजिक भिडियोको निर्देशन पनि वहाँले नै गर्नु भएको हो भने कर्म र सलोना बज्राचार्यको अभिनय, बालकृष्ण वंशीको म्यूजिक एरेन्ज, छायांकन र सम्पादन तथा उमिशा पाण्डेको श्रृंगार रहेको छ ।

त्यस्तै दिपक विश्वास ‘आँशु’को शब्द रहेको “आँखा लाग्यो निरमाया”मा संगित अनिल तण्डुकारको रहेको छ । किरण जोशी, सुजना बज्राचार्य शाक्य, तीर्थ अवाले, हसना महर्जनको अभिनय रहेको सो म्यूजिक भिडियोको निर्देशकमा सुजन बज्राचार्य ‘खोपय्’, छायांकनमा मोहन कुमार ‘झिल्लु’, सम्पादनमा अनिल कुमार महर्जन, श्रृंगारमा सोनी राई रहेका छन् ।

निर्देशक द्वय रामकृष्ण खड्गी र सुजन बज्राचार्य ‘खोपय्’ लगायत म्यूजिक भिडियोमा अभिनय गर्ने कलाकारहरुले म्यूजिक भिडियो निर्माण क्रममा भएका आफ्ना अनुभवहरु सुनाउँदै सार्वजनिक गरिएको म्यूजिक भिडियोहरुको बारेमा सुझाव दिन आग्रह भन्नुभयो ।

गायक सुशिल शाहीको सभापतित्वमा भएको सो कार्यक्रममा गायिका अगिना तण्डुकार शाहीले स्वागत गरेका थिए भने नेपालभाषा गित, संगित र लिपिमा चिरपरिचित हस्ती पवित्र कसाःले कार्यक्रम संचालन गरेका थिए ।

“माया रे रत्न”को म्यूजिक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् –

“आँखा लाग्यो निरमाया”को म्यूजिक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् –

Leave a Reply

Your email address will not be published. Required fields are marked *