शिक्षा

नेवाः पत्रकारद्वारा काठमाडौं महानगरको कदमको स्वागत

काठमाडौं, ६ चैत्र २०७७ ।

नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं शाखाद्वारा एक प्रेस विज्ञप्ती प्रकाशित गरी का.म.पा.का मेयर, उपमेयर, शहरी योजना आयोग, शिक्षा विभाग तथा नेपालभाषा पाठ्यक्रम निर्माण समिति लगायत सम्पूर्ण सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

विज्ञप्तीमा भनिएको छ “नेवार आन्दोलनको सुरुदेखि नै एक प्रमुख मागका रुपमा अगाडि रहेको मातृभाषाबाट शिक्षा प्राप्त गर्न पाउनु पर्छ भन्ने मागलाई सम्बोधन गर्ने कार्यमा काठमाडौं महानगरपालिकाले देखाएको सदासयता र उदाहरणीय कार्यलाई नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला सराहना गर्दै यस कार्यमा अग्रसर हनु भएका काठमाडौं महानगरपालिकाका मेयर श्री विद्यासुन्दर शाक्य, उपमेयर श्री हरिप्रभा खड्गी श्रेष्ठ, कामपा शहरी योजना आयोग, शिक्षा विभागका स्थानीय विषय नेपालभाषा पाठ्यक्रम निर्माण समिति र काठमाडौं महानगरपालिकाका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दछौं ।”

विज्ञप्तीमा बहुभाषिक, बहुसांस्कृतिक देश नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश घोषणा भइसकेपछि यस देशको संविधानमा नै नेपालको मातृभाषा संरक्षणको अधिकारलाई मौलिक हकका रुपमा प्रत्याभूत गरिएको जसको कार्यान्वयनका लागि संघीय, प्रदेश र स्थानीय सरकारले नीति बनाएर अगाडि बढ्नु पर्ने टड्कारो आवश्यकता रहेको महसुश गरिएको छ ।

काठमाडौं जिल्लाका अध्यक्ष अरविन्द्रमान सिंद्वारा प्रेषित सो विज्ञप्तीमा नेपालको संविधानको भाग ३ मौलिक हकको धारा ३२ मा भाषा र संस्कृतिको हक प्रत्याभूत गरिएको जसको पहिलो उपधारामा प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक हुने तथा दोश्रो उपधारामा प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी हुन पाउने हक हुने एवं तेश्रो उपधारामा नेपालमा बस्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको सम्बद्र्धन र संरक्षण गर्ने हक हुन्छ भनी किटान गरिएकोमा यही हक प्रयोग गर्दै शिक्षामा स्थानीय पाठ्यक्रम विकासका क्रममा काठमाडौं महानगरपालिकाले यहाँको संस्कृति, सभ्यताको परिचय दिनका लागि नेपालभाषाको माध्यमबाटै पाठ्यक्रम तयार गर्ने कार्य गरेको अत्यन्त सराहनीय कार्य भनी प्रशंसा गर्दै महानगरलाई धन्यवाद ज्ञापन गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *