सम्माननिय राष्ट्रपतिज्यूबाट विश्व कीर्तिमानी मानन्धरलाई बधाई ज्ञापन

काठमाडौं, २१ फागुन २०७७

गायन क्षेत्रमा विश्व कीर्तिमान कायम गर्न सफल हुनुभएका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरज्यूले सम्माननीय राष्ट्रपतिज्यूलाई शिष्टाचार भेट गर्नुभएको छ । माननीय शहरी विकास राज्यमन्त्रीज्यूले चार घण्टा पाँच मिनेट बीस सेकेन्डको एकल साङ्गितिक प्रस्तुती दिएर विश्वकै पहिलो मन्त्री बन्न सफल बन्नु भएको थियो ।

हिजो राष्ट्रपति भवन शितलनिवासमा सम्पन्न भएको उक्त शिष्टाचार भेटघाटको क्रममा उक्त कार्यको मूल्याङ्कन गर्दै सम्माननीय राष्ट्रपतिज्यूले समग्र नेपाल राष्ट्रको गरिमा र अस्मितालाई विश्वभर फैलाउन सफल हुनुभएकोमा माननिय मानन्धरज्यूलाई राष्ट्रपतिज्यूले हार्दिक बढाई ज्ञापन गर्नुभएको थियो ।

सम्माननिय राष्ट्रपतिज्यूले सम्पूर्ण सदस्यहरुलाई पनि विश्व कीर्तिमान कायम गराउनको लागि खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै धन्यवाद ज्ञापन र सम्मान व्यक्त गर्नुभएको थियो ।

शहरी विकास राज्यमन्त्री सहित वल्र्ड बुक्स अफ रेकर्डस् नेपाल च्याप्टरका अध्यक्ष सागर कट्वाल, चर्चित र्यापर निर्णय श्रेष्ठ, वरिष्ठ फोटोपत्रकार हरि गोपाल प्रधान लगायत ज्ञानेन्द्र कार्की, राज मानन्धरकाे समेत उपस्थिती रहेकाे थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *