नेपालभाषाको नयाँ म्यूजिक भिडियो “गुली वया जि…..” छिट्टै सार्वजनिक हुने

ललितपुर, २० फागुन २०७७ ।

नेपालभाषा क्षेत्रका चिरपरिचित कलाकार शोभा महर्जन तथा सुरज व्यञ्जनकार अभिनित नेपालषाभाको म्यूजिक भिडियो “गुली वया जि…..” निकट भविष्यमै सार्वजनिक गरिने भएको छ । अन्य कलाकारहरुमा बिकी महर्जन, अस्मिता थापा लगायत बाल कलाकार शरस महर्जनको समेत अभिनय रहेको छ ।

लुजः सिंहको परिकल्पना, छायाङ्कन र निर्देशनमा तयार हुन लागेको सो म्यूजिक भिडियो आफ्नो प्रियसीको भावनालाई बुझ्न कठिन भएको दृश्यको छायांङकन ललितपुरको थैवमा गरिएको थियो । सौरभ मल्लको सह–निर्देशनमा तयार भएको उक्त म्यूजिक भिडियाको स्टिल फोटोग्राफीमा अकिल महर्जन रहेको छ ।

बुद्धि लामाले श्रृङ्गार गरेको उक्त म्यूजिक भिडियोको भेषभुषामा गिफ्ट नेपाल रहेको छ ।

राजेन्द्र कुमार महर्जनको स्वरमा रेकर्डिङ्ग भएको सो गीतमा निरञ्जन महर्जन “कुमारी” को संगित रहेको छ भने शब्द कृष्णराम महर्जनको रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *