उद्घोषण तथा व्यक्तित्व विकास तालिमबाट महिलाहरु लाभान्वित

ललितपुर, १९ फागुन २०७७ ।

गत फागुन ०९ गतेबाट शुरु भएका ल.पु.म.पा २९ नं. वडाको आयोजनामा १० दिने उद्घोषण तालिम तालिम हिजो समापन गरियो ।

वडा अध्यक्ष गणेशकुमार महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न सो समापन कार्यक्रममा यस्ता कार्यक्रमले स्थानियलाई लाभ पुगेको बताउँदै यहाँका जनता सक्रिय हुनु भनेकै वडा सक्रिय हुनु हो भन्दै सक्रिय बनाउन आवश्यक तालिम तथा कार्यक्रमहरुको आयोजनामा आफू सँधै प्रतिवद्ध रहने बताए ।

कार्यक्रमका विशेष अतिथि इन्द्रदेवी महर्जनले सबैको प्रस्तुती र कार्यक्रम संचालन शैली देखेर आफू निकै प्रभावित भएको बताइन् ।

नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष प्रशिक्षक सुरजवीर बज्राचार्यले “हिजो अगाडी उभिन डराएको स्मरण गर्दै आज बिना हिचकिचाहट आफ्ना कुरा राख्ने गुणको विकास हुनु भनेको नयाँ जन्म सरह” भएको उल्लेख गरे । जसरी नयाँ जन्म पछि हुर्कन मेहेनत आवश्यक छ त्यसरी नै प्रत्येक पल मेहेनत गर्नुपर्नेमा जोड दिँदै सबैले मेहेनत तथा कुशतलासाथ गरेको प्रस्तुतिले आफू निकै हर्षित भएको समेत बताए ।

वडा सदस्य विनिता विकको समेत सहभागिता रहेको उक्त कार्यक्रम तालिम लिएकै समूहका मध्ये जल मिसा पुचःकी दुर्गा महर्जनको सभापतित्वमा भएको थियो । आफ्नो मन्तब्य राख्दै उनले महिला समूहकालागि यो समयको आवश्यकता नर्सरीको तालिम रहेको उल्लेख गर्दै वडासँग माग पनि गरे ।

कार्यक्रममा प्रशिक्षार्थीहरु मध्येबाटै सुभद्रा महर्जनले स्वागत मन्तब्य राखेका थिए भने धुसल महिला समूहका निनमाया महर्जनले धन्यवाद ज्ञापन गरेका थिए ।

अन्य सहभागीहरु दाचि महर्जन, कान्छी महर्जन, पद्मा महर्जन, प्रमिला महर्जन, माया महर्जन, अनिता राई, भक्तमाया महर्जन, धनमाया महर्जन, कविता महर्जनले पनि आ–आफ्नो अनुभव राखेका थिए ।

उक्त तालिममा धुसल महिला समूह, जल मिसा पुचः, नगुमा महिला समूह, विहार महिला समूह, लांखापुचू महिला समूह, इगाः महिला समूह, दल्मे महिला समूह, ध्याकु महिला समूह, चाधः महिला समूह, देय््धः महिला मिसापुचः, गुमज महिला समूहका पदाधिकारीहरुको सहभागिता रहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *