माननीय जीवनराम श्रेष्ठबाट बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीजको समुद्घाटन सम्पन्न

काठमाडौं, १७ फागुन २०७७

संघिय सांसद माननीय जीवनराम श्रेष्ठबाट काठमाडौं क्षेत्र नं. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं.१५ चागाः लखतिर्थ स्थित झोलुङ्गे पुलको करिडोरमा बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीजको समुद्घाटन सम्पन्न भयो ।

माननीय श्रेष्ठले उपत्यका देशकै राजधानी भएको स्मरण गर्दै यहाँको विकास निर्माणमा सरकारको ध्यान नपुगेकोप्रति गुनासो गर्दै यस्तो अवस्था विद्यमान रहेका काठमाडौंवासी चनाखो रहन अनुरोध गरे ।

उक्त कार्यक्रममा मेयर विद्या सुन्दर शाक्य, १५ वडा अध्यक्ष एवम् कामपाका प्रवक्ता ईश्वरमान डंगोल, १५ वडा सदस्यहरु निमा लामा, आनन्द राम गौतम, मैयाँ लक्ष्मी महर्जन, कामपा १९ वडा अध्यक्ष शशि लाल श्रेष्ठ, कामपा शहरी योजना आयोगका सदस्य मन राजा रंजित, नेपाली सेना रेञ्जर रेजिमेन्टका रेजिमेन्टपति कर्णेल राजेश बिक्रम शाही, नेपाल प्रहरी महानगरीय प्रहरी बृत्त स्वयम्भुका नायब उपरीक्षक निरञ्जन दत्त भट्ट, स्वयम्भु ट्राफिकका नायब निरीक्षक निर्मल पन्तको उपस्थिति रहेको थियो ।

बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीजका उपभोक्ता समितीका अध्यक्ष अमृत रत्न डंगोलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा समितिका सचिब राकेश मान कर्माचार्य, कोषाध्यक्ष रीता स्थापित तुलाधर, पदाधिकारीहरु लगायत चागाः युवा क्लबका पदाधिकारीहरु र स्थानीय जनसमुदायको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *