इतुम्बहाःको देवाद्यःछेँ  मेयरद्वारा उद्घाटन

काठमाडौँ, १६ फागुन २०७७ ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शनिबार युनेस्कोको सम्पदाको सूचीमा सूचीकृत इतुम्बहाःमा रहेको श्री भाष्करदेव संस्कारित केशचन्द्रकृतत पारावत् महाविहारस्थित देवाद्यः छेँ (कुलदेवता घर) को पुनःनिर्माणपछि उद्घाटन गरेका छन् ।

मेयर शाक्यले उद्घाटनपछि मूर्त अमूर्त सम्पदा पुनःनिर्माण अभियान अन्तर्गत आफ्नो कार्यकालमा काठमाडौँभित्र रहेका धेरै कुलदेवता घर, आगम घरको पुनःनिर्माण भइसकेको बताउँदै मूर्तमात्र होइन अमूर्त सम्पदाको संरक्षणमा पनि काम भइरहेको बताए ।

मेयर शाक्यका अनुसार पुनःनिर्माण गरेर देवाद्यः छेँ श्री भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजलाई सुम्मिसकेपछि अब महानगरपालिकाको काम सकिएको छ । उहाँ भन्नुहुन्छ अब यसमा महानगरपालिकाले हस्तक्षेप गर्ने छैन । अबदेखि यसको संरक्षण गर्ने जिम्मेवारी केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजको हो ।

काठमाडौँको मुटुमा रहेको इतुम्बहाःमा काठमाडौँ महानगपालिकाको सहयोगमा देवाद्यः छेँको पुननिर्माण भएको हो । जुन इतुम्बहाःका करीब १५० भन्दा बढी घरधुरीको इस्ट देवताको घरको रुपमा रहेको छ । सो देवाद्यः छेँको पुननिर्माण करीब दुई वर्षअघि शिलान्यास गरिएको थियो ।

केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजका अध्यक्ष क्याप्टेन चन्द्रबहादर शाक्यले इतुम्बहाःको गौरव र प्रतिष्ठाको रुपमा देवाद्यः छेँको पुननिर्माणमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिए । उनले यस क्रममा श्री भाष्करदेव संस्कारित केशचन्द्रवृmत पारावत् महाविहार नेपाल मण्डलकै समृद्ध र सुविधायुक्त महाविहार रहेको बताए ।

यसैगरी महाविहार संरक्षण समाजका महासचिव प्रज्ञारत्न शाक्यले मूर्त सम्पदाको रुपमा रहेको देवाद्यः छेँको पुननिर्माण सकिएपनि यस समाजमा रहेका कैयौँ अमूर्त सम्पदाको संरक्षण र जगेर्णा गर्न बाँकी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *