मनाेरञ्जनसमाचार

“ह्यांगु ख्वाः मिसा” को प्रिमियर सम्पन्न

काठमाडौं, २६ माघ २०७७ ।

नेपालभाषाका हास्य कलाकार रेवन्तलाल श्रेष्ठको स्वर रहेको नेपालभाषाको गीत “ह्यांगु ख्वाः मिसा”को भिडियोको प्रिमियर हिजो काठमाडौमा सम्पन्न भयो ।

रेवन्तलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपालभाषाका चिर परिचित वरिष्ठ गायक संगीतकार जुजुकाजी रंजितको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अतिथिको रुपमा वरिष्ठ सिने पत्रकार विजय रत्न असंवरे लगायत अन्य कला साहित्यप्रेमीहरुको समेत उपस्थिति रहेको थियो ।

विष्णु जल्मीको शब्द, संगीत र संगीत संयोजन रहेको सो गीतको भिडियोमा कलाकारहरु रेवन्तलाल श्रेष्ठ, रबिता बके श्रेष्ठ, सना शाक्य, सुरेश मानन्धर, लक्ष्मीनाथ मौदगल्या, दिव्यरत्न बज्राचार्य, सुरेश श्रेष्ठ र सुरेन्द्र मानन्धरले अभिनय गरेका छन् ।

आयुष महर्जनले छायांकन गरेको सो गीतको भिडियाको सम्पादन इन्द्र मानन्धरले गरेको थियो भने सुरेन्द्र मानन्धर परिकल्पनाकार र निर्देशक रहेका छन् ।

कार्यक्रममा कलाकार, सहयोगी लगायत पत्रकारहरुलाई सम्मान पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *