कलासमाचार

विश्व कीर्तिमानी मानन्धरको काठमाडौंमा भव्य स्वागत

काठमाडौं, २६ माघ २०७७ ।

‘विश्व कीर्तिमानी’को प्रमाण पत्र ग्रहण गर्न नयाँ दिल्ली पुगेका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर दिल्लीमा भेटघाट पश्चात काठमाडौंमा फर्केपछि यहाँ उनको भव्य स्वागत गरे ।

राज्यमन्त्री मानन्धरले यही गएको २० डिसेम्बर २०२० मा चार घण्टा पाँच मिनेट २० सेकेण्डको अवधिमा विभिन्न ५९ वटा गीत गाएर ‘वल्र्ड बुक अफ रेकर्ड’ मा नाम लेखाएका राज्यमन्त्री मानन्धर सोमबार प्रमाण पत्र ग्रहण गर्न नयाँ दिल्ली पुगेका हुन । मानन्धर गीत गाएर विश्व रेकर्ड कायम गर्ने विश्वकै पहिलो वहालवाला मन्त्री बनेका छन् ।

भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा राज्यमन्त्री मानन्धरले भारतका सामाजिक न्याय तथा अधिकारिकता राज्यमन्त्री रामदास आठवलेबाट ‘वल्र्ड बुक अफ रेकर्ड’ को प्रमाणपत्र ग्रहण गरेका थिए । त्यसपछि भेटघाटमा व्यस्त भएका उनले बिहीबार भारतका खाद्य प्रशोधन राज्यमन्त्री रामेश्वर तेलीसँग भेट गरेका छन र अन्य भारतिय नेताहरुसँग पनि बाक्लै भेटघाट गरेको थियो । उक्त भेटमा नेपाल–भारतबीचको सम्बन्धबारे छलफल भएको थियो ।

हिजाे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा उहाँको स्वागतमा का.म.पा.का मेयर विद्या सुन्दर शाक्य, जनप्रतिनिधिहरु, ‘वल्र्ड बुक अफ रेकर्ड’का नेपालस्थित अध्यक्ष सागर कटवाल र अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *