स्थानिय समाचार

छाउनी बाहिती सामाजिक सेवा केन्द्रको ५ औं साधारण सभा सम्पन्न

काठमाडौं, २५ माघ २०७७ ।

पूर्व संघीय सांसद जीबनराम श्रेष्ठको प्रमुख आतिथ्यमा छाउनी बाहिती सामाजिक सेवा केन्द्रको पाचौं साधारण सभा सम्पन्न भएको छ ।

प्रमुख अतिथि श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै सेवा केन्द्रको तर्फबाट टोलको बिकासमा खेलेको भुमिकाको प्रसंशा गर्दै र छाउनी म्युजियम स्थित अतिक्रमित जग्गा १५वडा अध्यक्षको समेत सक्रियतामा संरक्षण गर्ने काम भएकोमा धन्यवाद दिदै सांसद बिकास कोषबाट भुकम्प स्मृति पार्क निर्माण भैरहेकोमा यो बर्ष सम्पन्न गर्ने बताउनुभयो र उक्त पार्कमा ब्यायामको सामान समेत राखिएको जसबाट टोलबासीलाई स्वस्थ रहन मद्दत पुग्ने बताउनु भयो ।

कार्यक्रममा बिशेष अतिथि १५वडा अध्यक्ष तथा काठमाडौं महानगरपालिका प्रबक्ता ईश्वरमान डंगोल, सभापति छाउनी बाहिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष राजु महर्जन लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सचिव रामप्रसाद पण्डितले प्रगति बिबरण प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन गौतम डंगोलले गरेको थियो ।

पाँचौं साधारण सभाबाट अध्यक्षमा राजु महर्जन, उपाध्यक्षमा दिल कुमारी कार्की, सचिवमा गौतम डंगोल, कोषाध्यक्षमा रुपा रञ्जितकार र सदस्यहरुमा निदेश प्रधान, उषा चन्द मास्के, सञ्जय महर्जन, महेश राम श्रेष्ठ र बिकास महर्जन सर्वसम्मतिले निर्वाचित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *