‘यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा’ नामक पुस्तक सार्वजनिक
काठमाडाैं, २१ माघ २०७७ ।
सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरूको अधिकारका क्षेत्रमा कार्यरत संस्था क्वयेरयुथग्रुप (Queer Youth Group) र क्याम्पेन फर चेन्ज (Campaign for Change) ले आज अनलाइन मार्फत ‘यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा’ नामक पुस्तक सार्वजनिक गरेकाे छ । उक्त पुस्तककाे सम्पादकमा रूक्शना कपाली र इशान रेग्मी रहेका छन् ।
नेपाली भाषामा प्रकाशित उक्त पुस्तकले यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता बारेमा आधारभूत जानकारी प्रदान गर्दछ । क्याम्पेन फर चेन्जलेसन् सन् २०१६ देखि र क्वयेर युथ ग्रुपलेसन् सन् २०१८ देखि यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताको अवधारणलाई नेपाली भाषामा लिपिबद्ध गरि विभिन्न माध्यमहरूबाट जनचेतना जगाउने प्रयास गर्दै आइरहेका छन् । यसै क्रममा हाल अनलाइन संस्करणमा प्रकाशनमा ल्याएको यो पहिलो पुस्तक हो । यस अघि उहाँहरूले सामाजिक संजाल, ब्लगरबाट पिडिएफ फाइल मार्फत सूचनाहरूलाई सम्प्रेषण गर्दै आइरहेकाे थियाे । त्यही छरिएर रहेका पिडिएफ दस्तावेजहरूले लिपिवद्ध गरेका कुराहरूलाई नै सम्पादन गरी पुस्तक तयार गरिएको हो ।
वक्तव्यमा भनिएकाे छ कि नेपालमा यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताको विषयमा व्यापक जनचेतनाको अभाव रहेको र समाजमा मात्र नभएर राज्यका विभिन्न संयन्त्रहरूमा समेत यस विषयमा न्यून बुझाइरहेको, यस सम्बन्धी शब्दावली, पहिचान एवं विविधताहरूका बारेमा जानकारीको अभावरहेको साथै नेपाली भाषामा यस विषयका बारेमा बुझ्नका लागि पर्याप्त अध्ययन सामाग्रीहरू विकास भइसकेकाे छैन । नेपालका सञ्चार माध्यमहरूले पनि यस विषयका बारेमा व्यापक रूपले गलत व्याख्या गरिरहेको प्रशस्तै उदाहरणहरू हामीले देख्न पाउछौँ ।
उक्त पुस्तक र पुस्तक बारेकाे सार्वजनिक वक्तव्यकाे निमित्त यहाँ क्लिक गर्नुहाेस् ।