का.म.पा. १५ डल्लु चौतारास्थित डल्लु ल्वंहिति समुद्घाटन सम्पन्न
काठमाडौं, १६ माघ २०७७ ।
पूर्व संघिय सांसद जीवनराम श्रेष्ठद्वारा काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित डल्लु चौतारामा दलु ल्वंहिति (ढुङ्गेधारा) को समुद्घाटन हिजो एक कार्यक्रम बिच गर्नुभयो ।
स्थानीय जनसमुदायको माग अनुसार निर्माण कार्यको लागि काठमाडौं क्षेत्र नं. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत १५ लाख बजेट बिनियोजन गरिएको थियो । उक्त डल्लु ल्वंहिति हनुमान ढोका विश्व सम्पदादेखि स्वयम्भूसम्मको विश्व सम्पदासम्म जाने सम्पदा मार्गमा पर्दछ । बजेटबाट ढुङ्गेधाराको पुनः निर्माण र नव जागृति क्लब खेल मैदानमा स्नान गृह र सार्वजनिक शौचालय निर्माण गरिएको छ । पूर्व संघिय सांसद जीबनराम श्रेष्ठले काठमाडौंलाई सांस्कृतिक शहर बनाउनुपर्ने र यहाँको पहिचान कायम गर्न र पर्यटन उद्योगको बिकासको लागि आफूले हनुमानढोकाबाट स्वयम्भूसम्मको बाटोलाई सम्पदामार्ग बनाउने योजना अगाडि बढाउने कार्य भैसकेको यो कार्य पनि यसको अंगको रूपमा बिकाश गरेको बताउनु भयो । अब अन्य बांकी कार्य पनि छिटो शुरू हुने बताउनु भयो ।
डल्लु ल्वंहिति (ढुङ्गेधारा) समुद्घाटन कार्यक्रमको सभापति जेष्ठ नागरिक प्रेम मानन्धर, स्वागत मनराजा रन्जितले गर्नु भएको थियो । कार्यक्रममा क्लबका अध्यक्ष एवं समितिका सदस्य मधुसुदन मानन्धर, १५ वडा अध्यक्ष एवं का.म.पा.का प्रबक्ता ईश्वरमान डगोल, संरक्षण तथा जिर्णोद्वार उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर रंजित, समाजसेवी सुबर्णमान डगोल लगायत उपभोक्ता समितिका पदाधिकारीहरु र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियोे ।