मनाेरञ्जन

३ गीतको प्रिमियर एकै दिन

ललितपुर, १६ माघ २०७७ ।

नेपालभाषाका २ तथा नेपाली १ गरी ३ वटा गीतको प्रिमियर हिजो ललितपुरमा सम्पन्न एक कार्यक्रम बिच कलाकार तथा निर्देशक सुरेन्द्र तुलाधरले गरे ।

गीतकार अमृतरत्न शाक्यको शब्द रहेको नेपालभासाको “दुनुगलं निसें ल्यम्ह” रोमान्टिक गीत रहेको छ भने नेपालभासाको “जिउ ज्यान प्राण सकतां” र नेपालीमा “जिउ ज्यान प्राण सारा” देशप्रति समर्पित देशभक्ति गीत रहेको छ ।

प्रमुख अतिथि तुलाधरले लकडाउनको अवधिमा नेपालभाषाका म्यूजिक भिडियोहरुले नयाँ उचाई पाएकोमा यसका स्रष्टाहरुलाई धन्यवाद दिंदै अझ परिस्कृत र परिमार्जित गरी विश्व बजारमा छाउन धेरै नै मिहिनेत गर्नुपर्ने बताए ।

कार्यक्रममा परिकल्पनाकार विश्वास बज्राचार्यले रोमान्टिक गीतलाई पूरानो परिवेश देखाउन हम्मे हम्मे परेकोमा टिममा रहेका अन्य साथीहरुको सहयोगले सफल भएको आफ्नो अनुभव बताउँदै सम्पूर्ण साथीहरुलाई धन्यवाद दिए । त्यस्तै अर्का परिकल्पनाकार दर्शन वीर शाक्यले गीतको शब्द अनुसार देशमै रहेर केही गर्न सक्छौं भन्ने भावनालाई दर्शाएको बताए ।

रोमान्टिक गीतमा जितेन शाक्य र कल्पना श्रेष्ठको स्वर विरेन शाक्य संगीत रहेको छ भने कलाकारहरु सुरज नापित र रजनी खड्गीको अभिनय रहेको छ । विश्वास बज्राचार्यको परिकल्पनामा छायांकन, सम्पादन तथा निर्देशन विजन राज बज्राचार्य, सह निर्देशन आकृस्त शाक्य तथा कोरियोग्राफी राजिप बज्राचार्यले गरेका छन् ।

त्यस्तै देशभक्ति गीतमा एन्जेला श्रेष्ठ, जितेन शाक्य, रविन्सन कंसाकार, सुमन मानन्धर, अगिना तुलाधर र मन्जिल शाक्यको स्वर रहेको छ । संगीत बिरेन शाक्यकै रहेको छ भने कलाकारहरुमा रुपेन श्रेष्ठ, कृष्ण भक्त महर्जन, सुरेन्द्र मानन्धर, सरिता बज्राचार्य लगायतले अभिनय गरेका छन् । दर्शन वीर शाक्यको परिकल्पना तथा राजन शाहीको निर्देशनमा छायांकन तथा सम्पादन मनोज रत्न शाहीले गरेका छन् ।

कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने गीतकार, संगितकार, गायक गायीका, कलाकार तथा सहयोगीहरुलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।

“दुनुगलं निसें ल्यम्ह” को म्यूजिक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् –

“जिउ ज्यान प्राण सकतां” को म्यूजिक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् –

Leave a Reply

Your email address will not be published. Required fields are marked *