साँखुको शालिनदीमा मेला माघ १५ देखि, ब्रतालु सिमित हुने

साँखुको शालिनदीमा मेला माघ १५ देखि, ब्रतालु सिमित हुने

साँखु, ९ माघ २०७७ ।

हरेक वर्ष पोहेलाथ्व पुर्णिमा अर्थात पौष शुक्ल पूर्णिमादेखि १ महिनासम्म साँखुको शालिनदीमा लाग्ने मेला माघ १५ गतेदेखि शुरु हुँदैछ । कोभिडका कारण यो वर्ष यस मेलामा ब्रतालुहरु साँखुकै मात्र हुने र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई निजहरुको कोभिड परीक्षण गराई मात्र सामेल गराइने जानकारी हिजो साँखुमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । साथै भक्तजनहरुलाई पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई मेलामा सहभागी हुन आह्वान गरिएको छ ।

प्रमुख अतिथि शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले सो पत्रकार सम्मेलनमा मेलामा दर्शनार्थ आएका भक्तजनहरुलाई व्यवस्थित गरीने र स्वास्थ्यका मापदण्ड समेत पूरा गरीने बताए ।

उक्त पत्रकार भेटघाटमा शालिनदी सुधार समितिका अध्यक्ष मिजेन्द्र काजी श्रेष्ठ, उपाध्यक्ष जीवन मान सिं, निवर्तमान अध्यक्ष गोबिन्द श्रेष्ठ, प्रहरी निरीक्षक जानुकार पोखरेल लगायत विभिन्न खल पुचःबाट पनि सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *