कविता “प्रेम”
रमेश मानन्धर “अणु”
साहित्यकार
कविता “प्रेम”
मायाको चाहना बुझ्ने कोशिश गर
आत्माको मिलन त्यहाँ हुनेछ
विश्वासले जिउने प्रयास गर
मायाले त्यहाँ साहारा पाउनेछ ।
अरुले वियोग बनाएर के हुन्छ र
जीवन त पङ्खा सरी घुमी रहेको छ
आज वियोग भएर के भो र
जीवनको कुनै मोडमा अबश्य मिलन हुनेछ ।
नरुनु कहिल्यै टाढा भयो भनेर
आत्मा त सँधै साथ नै रहनेछ
जीवन त आखिर के हो र
प्रेम त अजर अमर छ ।
आहा ।