नेपालभासाको लघु चलचित्र प्रतियोगितामा “साःगः” प्रथम

काठमाडौं, ४ माघ २०७७ ।

कीर्तिपुर नगरपालिकाको आयोजनामा नेपालभासाको लघु चलचित्र प्रतियोगिता ११४० को विजयी घोषणा तथा लघु चलचित्र प्रदर्शनी हिजो राष्ट्रिय सभागृहमा सम्पन्न भयो ।

प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा “न्हेका सिं”, “लाखय पाः”, “आजु द्यः”, “साःगः”, “किपु देय”, “अर्ति” र “बाखं मखु थ्व खँ” ले प्रतियोगितामा भाग लिएका थिए जसको प्रिमियर पनि हिजै गरिएको थियो ।

उक्त प्रतियोगितामा “साःगः” ले प्रथम, “आजु द्यः” ले दोश्रो, “लाखय पाः” ले तेश्रो र “न्हेका सिं” ले सान्त्वना पुरस्कार जित्न सफल भएका छन् । विजेताहरुलाई शिल्ड, प्रमाण पत्र सहित क्रमशः १ लाख, ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार पनि वितरण गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *