मनाेरञ्जन

नेवाः संगीत दबूले २५ औं श्रृङ्खला पु–यायाे

काठमाडाैं, २९ पाैष २०७७ ।

नेवाः संगीत दबूको २५ औं श्रृङ्खला पुगेको सुअवसरमा नेवाः टेलिभिजन एच.डी.को आयोजनामा ख्याली जुजु मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा हिजो “नेवाः संगीत दबू २५ ब्व लसता हना ज्याझ्वः” सम्पन्न भयो ।

नेवाः मिडिया नेटवर्क प्रा.लि. तथा नेवाः टेलिभिजन एच.डीका अध्यक्ष नविन जोशीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा लोककवि राजभाय जकःमि, वरिष्ठ संगीतकार धनबहादुर गोपाली, बरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ संगीतकार मनराजा नकःमि, वरिष्ठ संगीतकार जुगल डंगोल, नेवाः संगीत दबूका प्रस्तोता एवं गायिका गंगा महर्जन लगायत कलाकार, गीतकार, गायक एवं संगीतप्रेमी व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा दबूलाई २५ औं श्रृङ्खलासम्म अनवरत रुपमा संचालनमा सहयोग पु–याएका व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *