पूर्व सांसद जीवनराम श्रेष्ठका पिता रहेनन्
काठमाडौं, पौष २८, २०७७ ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं पूर्व सांसद जीवनराम श्रेष्ठका पिता कृष्णराम श्रेष्ठको हिजो असामयिक निधन भएको छ ।
९३ वर्षको उमेरमा निधन भएका उहाँका दुई छोरा र एक छोरी मध्य जीवनराम श्रेष्ठ वहाँका कान्छा सुपुत्र हुनुहुन्छ ।
वहाँको आजै पशुपति स्थित आर्यघाटमा अन्त्यष्टि गरियो ।
मेट्रो काठमाडौं परिवार दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।