महानगर १५ मा नेकपाको वृहत कार्यकर्ता भेला सम्पन्न
पुष २६, २०७७ ।
उद्धव शाही, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कामपा १५ वडा कमिटीको आयोजनामा नेकपाका केन्द्रिय सदस्य एवं शिक्षा तथा विज्ञान प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा वडास्तरीय वृहत कार्यकर्ता भेला हिजो सम्पन्न भयो ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले अहिले पार्टी फुटिहालेको छैन, केहि ब्यक्तिहरु आफ्नो घरको बाटो बिराएकालाई गाली गलौज गर्नुहुन्न उहाँहरु पुनः आफ्नै पुरानो घरमा फर्केने बताउनु भयो् ।
अगाडि भन्नुभयो यस्तो अवस्थामा साधारण कार्यकर्ता माथि डर धम्की जस्ता ब्यबहार गर्ने केहि राजनिती ब्यक्तिहरुलाई यस्तो व्यवहार नगर्न चेतावनी दिंदै १५ वडा कमिटीका साथिहरुलाई खुलेर लाग्न र चुनावको लागि तयार रहन निर्देशन दिनु भयो ।
धावा रुम्बाको सभापतित्वमा सम्पन्न सो कार्यकर्ता भेलामा अतिथिको रूपमा कामपाका मेयर विद्यासुन्दर शाक्य, प्रदेश सभाका सदस्य राजेश शाक्य, काठमाडौं जिल्ला समन्वय प्रमुख शिबसुन्दर राज बैद्य, कामपा १५ वडाका वडा सदस्यहरु निमा घ्याम्छो तामाङ, आनन्द राम गौतम, अनिता परियार लगायत बृहत कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।