“थाय छकु खाली दनी” को म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं, २५ पुष २०७७ ।

नेपालभासाका एक चर्चित गायक विनोद मानन्धरको चर्चित गीत “थाय छकु खाली दनी” को म्युजिक भिडियो आज एक कार्यक्रम बिच सार्वजनिक गरियो ।

नेपालका वरिष्ठ सिने पत्रकार विजय रत्न असंबरेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा निज सहित नेपालभासाको पत्रिका पेज ३ का सम्पादक दर्शन वीर शाक्य तथा संगितकार अनिल शाक्यले संयुक्त रुपमा सोको पोष्टर सार्वजनिक गरे ।

प्रमुख अतिथि लगायत अन्य अतिथिहरुले गीतको छायांकन र सम्पादनमा भएको कमि कमजोरीलाई औंल्याउँदै त्यसलाई सुधार गर्दै लग्न अनुरोध गरे ।

झण्डै २० वर्ष अघि रेकेर्डेड सो गीतको भिडियोको निर्देशन गायक विनोद मानन्धर रहेको र सो गीतकाे छायांकन तथा सम्पादन विशाल मानन्धरले गरेका छन् । गीतमा नेपालभासाका स्थापित कलाकार रेवन्त लाल श्रेष्ठ सहित नवोदित कलाकारहरुको अभिनय रहेको छ ।

अमृत रत्न शाक्यको शब्द रहेको सो गीतमा संगितकार सुरेन मान शाक्यकाे संगित रहेको छ भने म्यूजिक एरेन्जमा हरि शरण शायमीको रहेकाेे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *