झीगु धुकूको ११ औं वार्षिक साधारण सम्पन्न

काठमाडौं, २५ पुष २०७७ ।

का.म.पा. १३ कालिमाटी स्थित झीगु धुकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारण सभा नेपालका विख्यात म्याराथुन धावक वैकुण्ठ मानन्धरको प्रमुख आतिथ्यतामा आज सम्पन्न भयो ।

प्रमुख अतिथि मानन्धरले संस्थामा आफूलाई शेयर सदस्यहरुको कमि महसुस भएको र सोमा सुधार गर्न सके पक्कै पनि संस्थाले अग्रगति लिने विश्वास व्यक्त गरे ।

संस्थाले आ.व. २०७६।०७७ को असार मसान्त सम्ममा शेयर पूजी ३८ लाख पु-याएको छ । बचत संकलन १ करोड ६४ लाख रहेको छ भने कर्जा प्रवाह १ करोड ४० लाखको हाराहारीमा रहेको छ ।

संस्थाले आगामी वर्ष चुक्ता शेयर पूँजी ५० लाख पु-याउने लक्ष्य लिएको छ । साथै संस्थाले आफ्नो कारोवार वृद्धि गर्नको लागि यसका सम्पूर्ण समिति उपसमितिहरुलाई सक्रिय बनाउन तालिमको व्यवस्था गर्ने र आवश्यक कर्मचारी नियुक्त गरी तिनीहरुलाई पनि बचत तथा ऋण सम्बन्धी तालिमको व्यवस्था गरी उत्कृष्ट सदस्य तथा कर्मचारीहरुलाई भत्ता, पुरस्कार र विमाको समेत व्यवस्था गर्ने भएको छ ।

संस्थाका अध्यक्ष विनोद महर्जनको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सानुमान प्रजापतिले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष विनोद महर्जनले संस्थाको प्रगति विवरण र भावी परियोजना विस्तृत रुपमा प्रस्तुत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *