कार्तिक नाच अक्षय कोषलाई ललितपुर महानगरद्वारा ५० लाख सहयोग

ललितपुर, २५ पुष २०७७ ।

कार्तिक नाच संरक्षण समितिको आयोजनामा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा कार्तिक नाच २०७७ समापन तथा अक्षयकोष रकम हस्तान्तरण कार्यक्रम ललितपुरको मंगलबजार स्थित ऐतिहासिक कार्तिक नाच डबलीमा सम्पन्न भयो ।

कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारको सभापतित्वमा सम्पन्न आजको सो कार्यक्रममा महानगर र समितिका बिच एक सम्झौतामा हस्ताक्षर गरी चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि चिरिबाबु महर्जनले यहाँ रहेका मूर्त अमूर्त कला संस्कृतिहरुको जगेर्ना गर्न महानगर अग्रसर रही अग्रपंक्तिमा रहेको स्मरण गराउँदै भविष्यमा पनि पछि नहट्ने बताउँदै महानगरद्वारा भैरहेको पुनःनिर्माणका कार्यहरुको प्रगतिको बारेमा संक्षेपमा बताउँदै महानगरका भावी योजना पनि संक्षिप्त रूपमा उजागर गरे ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका उदय भट्टराई, पाटन संग्रहालयका सरस्वती सिंह, नेवा पत्रकार राष्ट्रिय दबूका महासचिव सुनिल महर्जन लगायतले मूर्त अमूर्त कला संस्कृति र सम्पादाहरुको जगेर्ना र उत्थानका लागि सहयोग गर्न हरदम तयार रहेको जानकारी गराए ।

कार्यक्रममा समितिद्वारा ललितपुर उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरु लगायत कार्तिक नाचलाई सहयोग गर्ने महानुभावहरुलाई सम्मान समेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *