मनाेरञ्जन

एक्सन नायक शिव श्रेष्ठको “एउटा यस्तो प्रेम कहानी” माघ १ बाट देशभर प्रदर्शन हुने

काठमाडौं, २०७७ पुस २२ गते ।

नेपालका एक चर्चित एक्सन नायक शिव श्रेष्ठ लगायत दिनेश दर्शनधारी तथा यशोदा राईको संयुक्त निर्माणमा तयार भएको चलचित्र “एउटा यस्तो प्रेम कहानी” आगामी माघ १ गतेबाट देशभर प्रदर्शन हुने भएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा यसको घोषणा गर्दै यस चलचित्रको टाइटल गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा आयोजकले कोरोना महामारीका कारण विगत झण्डै १० महिनादेखि सुषुप्त अवस्थामा रहेको नेपाली चलचित्र जगतलाई पुनर्जीवन दिन नयाँ चलचित्र ल्याउन लागिएको बताए ।

शिव श्रेष्ठको आफनै कथामा तयार भएको चलचित्र “एउटा यस्तो प्रेम कहानी” मा सर्वप्रिय नायक शिव श्रेष्ठ फेरि एकपटक आउन लाग्नु भएको हो । माघ १ गते प्रदर्शनको तयारीमा रहेका सो चलचित्रमा चर्चित नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र शिव श्रेष्ठकै छोरा शक्ति श्रेष्ठको डेब्यू रहेको यस चलचित्रको निर्देशन दिपेश सापकोटाले गर्नु भएको छ । कलाकारहरुमा प्रियंका कार्की, आयूष्मान देशराज श्रेष्ठ, बर्षा रावत, बसुन्धरा भुसाल किरण के.सी. राजाराम पौडेल लगायत रहेका छन् ।

 

जीवनरेखा, ठुलदाइ, ट्रकडाइभर जस्ता सुपरहित चलचित्रमा आफ्नो उत्कृष्ट अभिनयले दर्शकको मनमा राज गरिसकेका नायक शिव श्रेष्ठले झण्डै ४० चलचित्रमा अभिनय गरिसकेका छन् । उहाँद्वारा अभिनित पछिल्लो चलचित्र “एउटा यस्तो प्रेम कहानी” आगामी माघ १ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *