मेलमिलाप दिवसको अवसरमा तेज–तीर्थ ट्रष्टको सम्मान कार्यक्रम सम्पन्न
पुष १७, २०७७ ।
काठमाडौं । २०३३ सालमा महामानव वि.पि. कोइरालाले मेलमिलापको निमित्त नेपाल आई प्रजातन्त्रको लडाईं लड्न आएको दिनको सम्झना गर्दै हिजो पुष १६ गते लोकतान्त्रिक लडाईंमा अमूल्य योगदान दिएका योद्धाहरुको कदर स्वरुप तेज–तीर्थ ट्रष्टले सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।
तेज–तीर्थ ट्रष्टका संस्थापक अध्यक्ष तीर्थराम डंगोलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतित्थ्यता रहेको थियो ।
संस्थाका उपाध्यक्ष एवं संयोजक पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान, त्रि.वि.वि. नेपाल भाषा विभागका निर्देशक ओमकार श्रेष्ठ, च.न.पा.का मेयर घनश्याम गिरी लगायतको उपस्थिति रहेको सो कार्यक्रममा इतिहासविद् योगेन्द्रमान श्रेष्ठ, लोकतान्त्रिक योद्धा शिव प्रसाद कङ्गाल, नेपाल भाषाका अग्रणी महिला साहित्यकार नारायण देवी श्रेष्ठ, महिला पत्रकार निर्मला आचार्य, पत्रकार अजय बाबु सिवाकोटीलाई नगद तथा सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।