१७ औं ज्यापु दिवस सम्पन्न (फाेटाे फिचर)
पुष १६, २०७७ ।
काठमाडौं । ज्यापु संस्कृति विकास कोषको आयोजनामा हिजो राष्ट्रिय सभागृह काठमाडौंमा १७ औं ज्यापु दिवस सम्पन्न भयो ।
सम्माननिय प्रधानमन्त्रीको प्रतिनिधित्व गर्दै उपप्रधानमन्त्री इश्वर पोखरलेज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा मन्त्री कृष्ण गोपाल श्रेष्ठ, महानगर प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, न्हुँद समारोह समितिका अध्यक्ष लगायत काठमाडौंका परम्परागत त्वाः खलःका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सो समारोहमा ज्यापु साँस्कृतिक धरोहर सम्मानबाट एघारौं राष्ट्रिय ज्यापु दिवस समारोह समिति २०७१ का संयोजक परम्परागत ओलाछी त्वाः खलःका नायः श्री मदनवीर महर्जनज्यू सम्मानित हुनु भएको थियो भने ज्यापु सरस्वती पदकबाट महानगर १४ का रबिना महर्जन सम्मानित हुनु भएको थियो ।
त्यस्तै सांस्कृतिक गुरु सम्मानबाट श्री रुद्रायणी देपा दाफा खलः, थलाछी, खोकनाका मुख्य गुरी श्री काजी लाल डंगोल सम्मानित हुनु भयो भने ज्यापु रत्नबाट नेवाः व्यापारी, समाजसेवी, नेवाः टिभी कर्मी, नेवाः अभियन्ता श्री रमेश महर्जनज्यू सम्मानित हुनुभयो ।
कार्यक्रममा परम्परागत त्वाः खलः ङतः त्वाःबाट यःमह्री पुन्हीसँग सम्बन्धित आकर्षक स्वागत नृत्य प्रस्तुत गरेका थिए भने नेवाः आर्केष्ट्रा स्वरुपमा राष्ट्रिय धुन पनि प्रस्तुत गरेका थिए ।
