ललितपुरमा ७ औ आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
पौष १२, २०७७ ।
सुनिल बज्राचार्य, ललितपुर ।
महाबौद्ध युथ क्लबको आयोजनामा गत पुष ४ गतेदेखि शुरु भएको ७औं आन्तरिक ब्याडमिन्टन प्रतियोगिता हिजो सम्पन्न भएको छ ।
ललितपुरको ओकुबहालमा सम्पन्न सो प्रतियोगितामा लेडिज सिंगल र मेन्स डबल्स इभेन्टमा प्रतियोगिता भएको थियो ।
महिला सिंगलमा अनुसा शाक्य प्रथम भए भने सुपला बज्राचार्य द्धितीय भइन् । त्यस्तै मेन्स डबल्समा दिवेश शाक्य र आर्यन शाक्यको जोडी प्रथम, अमीर शाक्य र सुमन शाक्यको जोडी द्धितीय र गौतम शाक्य र प्रदिप शाक्यको जोडीले तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
हिजै एक समारोह बिच क्लबका अध्यक्ष दिल्जन शाक्यले प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्न सफल खेलाडीहरुलाई मेडल र कप प्रदान गरियो ।