मनाेरञ्जन

हरि गोपाल प्रधानको आधुनिक गित “जीवन भरी तिमीलाई साथ दिन्छु” आगामी हप्ता प्रिमियर हुने

पुष १, काठमाडौं ।

वरिष्ठ साहित्यकार, फोटो पत्रकार हरि गोपाल प्रधानको शब्दहरुले सजिएको आधुनिक गित “जीवन भरी तिमीलाई साथ दिन्छु” को छायांकन गत हप्ता फर्पिङ्ग ड्याम साइटमा सम्पन्न भएको छ ।

गायिका सरिता अधिकारीको सुमधुर स्वरले सजिएको किशोर खतिवडाको संगित रहेको हरि गोपाल प्रधानको पहिलो म्युजिक भिडियोमा प्रदीप राज वन्त, कृजना डंगोल लगायत कुसुम तामाङ, निहा महर्जन, मेगना महर्जन, निलम तामाङ्गको अभिनय रहेको छ ।

झण्डै ५० वटा गित रेकर्डिङ्ग भैसकेको निज प्रधानको यो गित १५ वर्ष अगाडि नै रेकर्डिङ्ग भैसकेको थियो । यस “जीवन भरी तिमीलाई साथ दिन्छु” गितको म्यूजिक भिडियो आगामी हप्ता प्रिमियर गरिनेछ ।

आराध्या लक्ष्मी खड्गीको निर्देशन एवं नृत्य निर्देशनमा सोहन मानन्धरद्वारा छायांकन र सम्पादन गरिएको सो म्यूजिक भिडियोमा हेम पुन मगर, मनु थापा मगर र रेखा बलामीको श्रृंगार रहेको छ ।

भेषभुषामा गर्जियस इन्स्टिच्यूट अफ् फेसन टेक्नोलोजि, कुमारीपाटी, ललितपुरका शोभा महर्जन र कुसुम क्रियसन बुटिक डिल्ली बजारका कुसुम श्रेष्ठ रहेको छ भने स्टील फोटोग्राफीमा ग्राण्ड फोटो स्टुडियोका निर्देशक राजेश मानन्धर तथा सम्पदा फोटो भिजन संग्रह नेपालका प्रबन्ध निर्देशक पद्म सागर कक्षपति रहेको सो म्यूजिक भिडियो छायांकनको व्यवस्थापनमा निकेश सुवेदीले सहयोग गरेका थिए ।

फोटो – पद्म सागर कक्षपति/राजेश मानन्धर

Leave a Reply

Your email address will not be published. Required fields are marked *