गुह्येश्वरी जात्रा शुरु, आज गुह्येश्वरी पीठमा तलेजु भवानीलाई बिराजमान गराइयो
मंसिर २४, काठमाडौं ।
नेपालका एक मल्ल राजा जगज्जय मल्लकाे पालादेखि शुरू भएकाे श्री गुह्येश्वरी जात्रा आजबाट शुरु भएको छ ।

हनुमानढोका दरबार परिसरमा रहेको श्री तलेजु भवानी मन्दिरबाट श्री तलेजु भवानीलाई बाजागाजा सहित जात्रा गरी मार्ग कृष्ण नवमीको दिन गुह्यश्वरी पीठमा विराजमान गराई दशमीको दिन राजकिय सम्मान साथ पुनः श्री तलेजु भवानी मन्दिरमा पुनःस्थापित गरेपछि यस वर्षको लागि यो जात्रा समाप्त हुन्छ ।
श्री तलेजु भवानी मन्दिरका मूल पुजारी श्री उद्धवलाल कर्माचार्यका अनुसार श्री तुलजा भवानीको एक अर्को शक्ति गुह्यश्वरी पनि हो । वर्षको एक दिन वर्षभरीको लागि शक्ति सञ्चयको लागि यसरी जात्रा गरिंदै आएको हो ।
