जात्रा पर्वफाेटाे फिचरसंस्कृति

बुंगद्यः रातो मच्छिन्द्रनाथलाई मच्छिन्द्रबहाल भित्र्याइयो (फोटो फिचर)

मंसिर २४, काठमाडौं ।

श्री मच्छिन्द्रनाथ ज्योतिष खलःका ज्योतिषहरुद्वारा निकालिएको शुभ साइतमा आज मंसिर २४ गते वर्षा र सहकालका देवता बुंगद्यः (रातो मच्छिन्द्रनाथ) लाई बुङ्गमतीबाट मच्छिन्द्रबहाल स्थित मन्दिरमा भित्र्याइयो ।

राजकिय सम्मान साथ श्री मच्छिन्द्रनाथलाई बाजागाजा सहित बुंगमतीबाट ललितपुर स्थित मच्छिन्द्र बहालमा भित्र्याइएको हो ।

बुंगमतीदेखि मन्छिन्द्रबहालसम्म ल्याइपु–याउँदा निश्चित ठाउँहरुमा केहीबेर रोकी भक्तजनहरुको पूजा आजा लिई बुङ्गमती, भैसेपाटी, जाह्वलाखेल, कुमारीपाटी हुँदै मच्छिन्द्रबहालको पश्चिमद्वारबाट विशेष पूजा आजा सहित लसकुश गरी भित्र्याइएको हो ।

कोभिडका कारण ढिलो गरी शुरु भएको श्री मच्छिन्द्रनाथको जात्रा गत भाद्र २९ गते रथ जात्रा सम्पन्न गरी बुङ्गमती लगिएको थियो ।

   

    

 

फाेटाे भिडियाे – श्याम था, शरण डंगाेल र हाम्राे जात्रा

जात्राका केही दृश्यहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् –

Leave a Reply

Your email address will not be published. Required fields are marked *