ललितपुरका समाजसेवी देवबहादुर डंगोल रहेनन्

कार्तिक १२, ललितपुर ।

ललितपुरका समाजसेवी देवबहादुर डंगोल गत कार्तिक १ गते शनिबार यस संसारबाट विदा भए । खोकनाको सांस्कृतिक र भौतिक विकासमा ठूलो योगदान गर्नु भएका स्व. डंगोल ज्यापु महागुथि नेपालका संरक्षक र महागुथिको एकमात्र जिल्ला समिति ललितपुर जिल्ला समितिया अध्यक्ष हुनुहुन्थ्यो ।

१९९३ सालमा आमा चिरिमै र पिता न्हुच्छेराज (दानबहादुर) डंगोलको कोखबाट यस धर्तीमा पदार्पण गरेका स्व. डंगोलले गुथि जिर्णोद्धार एवम् निर्माण समितिमा लेखापालमा जागिरे जीवन बिताउँदा ५ वटा सांस्कृतिक क्षेत्रको विकास योजना पूरा गर्नु भएको थियो । उहाकै सक्रियताय् खोकनामा् जीतापुर गन्धकुटी विहार निर्माण भएको हो भने ज्यापु महागुथिबाट लुम्बिनीमा निर्माण गरेको पलेस्वां पुखूको निर्माणमा पनि सक्रिय योगदान दिनु भएको थियो ।

२००७ सालदेखि नै किसान संगठनमा आवद्ध रही सक्रिय हुनुभएका वहाँले पराम्परागत कार्नेस, धोलक, दाफा खिँ, धिमे र धाः बाजाया ज्ञाता पनि हुनुहुन्थ्यो ।

उहाँ खोकनामा उहिल्यै महिलाहरुलाई शिक्षित तुल्याउन उहाँकै पहलमा खोकनामा विद्यालय स्थापना गर्न सक्रिय योगदान गर्ने व्यक्तित्व हुनुहुन्छ ।

तत्कालीन पञ्चायतकालीन चुनाव बोर्डमा वडा सदस्यमा काम गरेका वहाँले पछि वडाध्यक्ष र प्रधानपञ्च समेत हुनु भएको थियो ।

रोटरी क्लव अफ ललितपुर, भिलेज कोर्टका पूर्व अध्यक्ष, लिधंसा पासा पुचः खोकनाका पूर्व अध्यक्ष र संरक्षक एवंम् उहाँकै सल्लाहमा युनेस्कोको सहयोगमा खोकनामा सामुदायिक अध्ययन केन्द्र स्थापना भएको थियो ।

उहाँको परिवारमा एक श्रीमती सहित छोराहरु ४ जना मोहन गोपाल, शरण गोपाल, विष्णु र सिद्धि रहेका छन् भने छोरीहरु दुई जना हुनहुन्छ ।

उहाँको छोरा शरण गोपाल पनि समाजसेवामा सक्रिय हुनुहुन्छ । हाल शरण गोपाल ज्यापु महागुथि नेपाः ललितपुर जिल्ला समितिका प्रथम उपाध्यक्ष, नेवाः देय्ु दबू प्रदेश समितिका सदस्य हुनुहुन्छ भने लिधंसा पासा पुचः खोकनाका अध्यक्ष हुनुहुन्छ ।

आज १२ औं दिनको पूण्यतिथीमा स्व. देव बहादुर डंगोलको असामयिक निधनले शोक सन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् र मृत आत्माको चिरशान्तिको कामना गर्दै मेट्रो काठमाडौं परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *