कीर्तिपुर आइसोलेसनमा योगाभ्यास

कार्तिक ८, काठमाडौं ।

पतञ्जली योग पिठ, हरिद्वारबाट योगाभ्यासको शिक्षा लिएका, पतञ्जली योग समिति काठमाडौंका पूर्व अध्यक्ष एवं हाल व्यवसायिक योग गुरु रही विभिन्न स्थानमा योगाभ्यासको शिक्षा प्रदान गर्दै आइरहनु भएका असन, काठमाडौंकी मनिषा श्रेष्ठ र वहाँका पतिलाई ९ अक्टोबरमा कोभिड १९ पोजिटिभ देखिएपछि परिवार र छरछिमेकको स्वास्थ्यको ख्याल राखी १० अक्टोबरदेखि कीर्तिपुर स्थित आइसोलेसन सेन्टरमा बस्दै आईरहनु भएको छ ।

आइसोलेसनमा बसेको तेस्रो दिनमा निजका पतिलाई श्वासप्रश्वासमा गाह्रो भएकोले सोही दिन आइसोलेसन सेन्टरको कौसीमा लगि गाह्रो भए पनि योग गराएपछि वहाँलाई विस्तारै ठीक हुँदै गएको रहेछ । उहाँहरुले कौसीमा योगाभ्यास गरेको देखेपछि त्यहाँ रहेका अरु संक्रमितहरु पनि हामी पनि योगाभ्यास गर्छाैं भनेर भनेछन् ।

त्यसपछि त्यहाँका नर्सहरुसँग विचार विमर्श गरेपछि, हुन्छ नि त भनी मौखिक अनुमति पाएदेखि आजसम्म झण्डै ५०–५५ जनाले सामुहिक योगाभ्यास गर्दै आइरहेका छन् ।

पहिले पहिले दुई चार दिन त सबैलाई योगाभ्यास गर्न गाह्रो भएको महशुस भयो । विस्तारै विस्तारै हाल १ घण्टासम्म योगाभ्यास गर्न सक्ने भै सकेको छ ।

योग के हो ? यो कसरी गरीन्छ ? यसबाट के के फाइदा हुन्छ ? आदि इत्यादि थाहै नहुने पनि रहेछ, यहाँ रहेका संक्रमितहरुमा । कोही कोही चाही योगका बारेमा केही जानेका तर कसरी गर्ने भनि नजानेका पनि रहेछन् ।

कुराकानीका क्रममा व्यवसायिक योग गुरु मनिषा श्रेष्ठले भन्नुभयो – “सबैभन्दा पहिले स्टे«चिङ (जिउलाई तन्काउने) गराएँ । तत्पश्चात योगाभ्यासमा क्रमशः ॐ, गायन्त्री मन्त्र, महामृत्युञ्जय, भस्त्रिका, अनुलोम विलोम, उज्जेयी, भ्रामरी, सिंहासन, हास्यासन, प्राणायाम आदि योगासनको अभ्यास गराउँदै यी योगाभ्यास गर्दा के फाइदा हुन्छ, किन गरिन्छ त्यसबारेमा पनि केही बताउँदै योगाभ्यास गराउँदै आएको छु ।”

(व्यवसायीक योग गुरु मनिषा श्रेष्ठसँगको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *