जीवित देवी कुमारीलाई भेट्न बुबा हनुमान ढोका पुग्ने
कार्तिक ५, काठमाडौं ।
कौलाथ्व पारुदेखि शुरु भएको पचिमह्र श्री पचली भैरवको जात्रा आज कौलाथ्व पञ्चमीका दिन श्री पचली भैरवलाई टेकू स्थित शक्तिपिठबाट गुथियारको घरमा लगी जात्रा सम्पन्न गरिन्छ ।



जात्राको क्रममा शक्तिपिठबाट राजकीय सम्मानका साथ जात्रा गरी देश परिक्रमा गरिन्छ । सोही क्रममा हनुमानढोका पुगेपछि जीवित देवी श्री कुमारी सँग भेटघाट अर्थात् दृष्टान्त गरिसकेपछि ब्रम्हटोलस्थित स्वेतभैरवमा तीन पटक परिक्रमा पश्चात यसपालिको गुथियारको घरमा भित्र्याइन्छ ।

हिजै श्री पचली भैरवलाई कोहिती स्थित चित्रकारको घरबाट भिमसेनस्थानस्थित थकु जुजु (मल्ल राजा) को निवास भिमसेनस्थानमा पु¥याई त्यहाँ विशेष पूजा आजा सम्पन्न गरि सो पछि जात्रा गर्दै श्री पचली भैरवलाई टेकू स्थित शक्तिपिठमा विराजमान गराइयो । त्यहाँ गुथियारबाट विशेष पूजा आजा पनि सम्पन्न गरि कोहने टोल (तल्लो काठमाडौं) का थकु जुजुबाट तान्त्रिक विधिबाट पूजा आराधना गरी मांसाहुति होम पनि सम्पन्न भयो ।


जात्राको क्रममा श्री पचली भैरव जात्रा व्यवस्थापन समितिद्वारा कोभिड १९ को महामारीका कारण गुथियारहरुलाई पिपिई, माक्स, भाइजर, पञ्जा र स्यानिटाजरको वितरण गरी स्वास्थ्यका मापदण्डहरु पूरा गरी जात्रा सञ्चालन गरिएको थियो ।