जात्रा पर्वफाेटाे फिचरसंस्कृति

श्री पचली भैरव जात्रा अन्तर्गत आज श्री पचली भैरव पिथमा पचिमह्र खुवाइयो

कार्तिक ४, काठमाडौं ।

कौलाथ्व पारुदेखि शुरु भएको श्री पचली भैरव जात्रा आज चौथौं दिन श्री रुद्र विनायक नाय्खिं गणेद्य खलःबाट श्री पचली भैरव पिथमा श्री पचली भैरवको विशेष पूजाआजा सहित पचिमह्र खुवाइयो ।

बिहानै द्यछेँबाट श्री रुद्र विनायकलाई जात्रा गरी पचली भैरव पिथमा लगेर श्री गणेशको आशनमा विराजमान गराई विशेष पूजा आजा गरिएको थियो ।

स–साना बालबालिकादेखि पाका उमेरका पुरुषसमेतलाई श्री पचली भैरवको प्रसाद स्वरुप खुवाइने पचिमह्र यस वर्ष कोभिड महामारीका कारण गुथियार खलक मात्र बसी सम्पन्न गरियो भने श्री रुद्रविनायक द्यछेँमा खुवाईने “मिसा भ्वय्” स्थगित गरिएको जानकारी गुथियारले बताए । दशैंमा खुवाइने मह्र भन्दा भिन्दै खाद्य वस्तु हुने यो पचिमह्र प्रसाद खाएपछि पेट सम्बन्धी सम्पूर्ण रोग निको हुने जनविश्वास अझै कायमै रहेको छ ।

आजै कोहिटीमा विराजमान गराइराखेकोे श्री पचली भैरवलाई जात्रा गरी टेकू स्थित पिथमा विराजमान गराएपश्चात अहोरात्र विशेष पूजा गरिन्छ । पञ्चमीको दिन जात्रा गरी देश परिक्रमा गराएपछि यस वर्षको गुथियारको घरमा भित्र्याएपछि श्री पचली भैरव जात्रा सम्पन्न हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *